दयाहाङ राई र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ को आजबाट छायांकन सुरु !

दुई मित्रको कथा समेटिएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ को छायांकन आजदेखि शुरु गरिएको छ ।

निर्देशक लामाले कास्कीको घाचोकबाट फिल्मको छायांकन थालिएको बताए । उनले भने, ‘निर्धारित योजनाअनुसार छायांकन थालेका हौं ।’

नायक दयाहाङ राई र भुटानी नायिका उगेन छोदेनले फिल्मको पहिलो दृश्य दिए । यो फिल्ममा पल शाह र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ । ‘दुई नम्बरी’ बाट नेपाली रजतपटमा भुटानी नायिका उगेनले डेब्यु गरेकी छिन् ।

सम्पूर्ण छायांकन पोखरामा गरिने भनिएको यो फिल्मको ३५ दिनमा शूटिङ सकिने बताइएको छ ।

रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।

(श्रोत : npkhabar24)