कालिकोटमा अस्पताल निर्माण सुरु, चाइनिज हिरोको २ करोड सहयोग ! (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई कालिकोटको रास्कोटबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।

विशेष गरी आजको एपिसोडमा रास्कोटमा बन्दै गरेको रास्कोट सामुदायिक अस्पतालको विषयमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. सुरु भयो ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको निर्माण

कालिकोट । कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ ।

उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी हुन् ।

दाँतमा भएको सामान्य संक्रमणको समयमै उपचार नपाउँदा अहिले अपाङ्गता बनेकी आशाले अस्पतालको भवन शिलान्यास गरेसँगै कालिकोटका धेरै स्थानीयमा नयाँ आशा पलाएको छ ।

आशाको परिवारको पनि आशा यही छ कि, ‘अब कालिकोटामा जन्मिने जो–कोहीले पनि उपचार अभावकै कारण आशालाई जस्तै दुःख भोग्नु नपरोस् ।’

शनिबार सयौं स्थानीयकाबीच सञ्चारकर्मीद्वय रवि लामिछाने, कर्णाली स्वास्थ्य विज्ञानका रजिष्टार विश्वराज काफ्ले, सामाजिक अभियान्ता रमेश प्रसाईलगाएतको टोलीले समयमै अस्पतालको सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

(श्रोत : न्युज २४ नेपाल)