नेपाल आईडलको प्रि-अडिसनबाट आउट भएता पनी इन्दिरा जोशीका लागि आदित्यले गाए यस्तो गीत ! (भिडियो)

काभ्रे घर भई हाल भक्तपुर बस्दै आएका आदित्य लामा नेपाल आईडल सिजन -३ को प्री-अडिसनबाट आउट भएतापनी उनि रातारात भाइरल भएका छन् । युट्युबमा अन्तर्वार्ता दिंदा दिंदै उनि रातारात भाइरल भएका हुन् ।

उनको गीत गाउँने शैली र उनको कमेडी देखेर उनलाई धेरैले रुचाए र उनी भाईरल भए । कुराकानीका क्रममा आफुले अडिसन राउण्डमा नेपाल आइडलकी जज इन्दिरा जोशीका लागि तयार गरेको गीत सुनाउन नपाएको गुनासो गरेका छन् । अडिसन राउण्डमा पुग्न नसके पनि उनले इन्दिराका लागि तयार गरेको गीत सुनाएका छन् । हेरौं यो भिडियो-

(श्रोत : npkhabar24)