आमिर खानले माफी माग्दै भने किन फ्लप भयो ‘ठग्स अफ हिन्दुस्तान’ ?

एजेन्सी । अभिनेता आमिर खानले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा फ्लप भएपछि पहिलोपटक आफ्नो प्रतिक्रिया दिएका छन् । आमिरले सोमबार सञ्चारकर्मीहरुसँग भने ‘चलचित्र ठग्स अफ हिन्दुस्तान’ दशर्कहरुलाई मन परेन । म यो कुराको पूरा जिम्मेवारी लिन चाहन्छु, मलाई लाग्छ कि हामी गलत साबित भयौँ । हामीले प्रयास गर्दागर्दै पनि सफल भएनौँ । कहिँकतै हामी गलत साबित भयौँ ।’

तर केही यस्ता दर्शकहरु पनि थिए जसलाई ठग्स अफ हिन्दुस्तान मन परेको थियो । आमिरले यस्ता दर्शकहरुलाई धन्यवाद दिँदै भने, ‘केही मानिसहरुलाई चलचित्र मन परेको छ हामी उनीहरुलाई धन्यवाद भन्न चाहन्छौँ, तर यस्ता मानिसहरु धेरै कम छन् । अधिकांसलाई चलचित्र मन परेको छैन यो कुरा हामीले राम्रोसँग बुझेका छौँ कहिँ न कहिँ हामी गलत नै थियौँ म यो कुराको सम्पूर्ण जिम्मेवारी फेरि पनि लिन चाहन्छु ।’

आमिरले भने, ‘दर्शकहरु आशाका साथ मेरो चलचित्र हेर्न आएका थिए, म उनीहरुसँग माफी माग्न चाहन्छु कि मैले उनीहरुको चाहना पूरा गर्न सकिन र मनोरञ्जन प्रदान गर्न सकिन । यो कुरामा म आफैप्रति खेद प्रकट गर्न चाहन्छु ।’

अभिताभ बच्चन, कैट्रीना कैफ, आमिर खानसहितका कलाकारहरुको अभिनय रहेको चलचित्र ठग्स अफ हिन्दुस्तान ८ नोभेम्बरमा रिलिज भएको थियो । चलचित्रको पहिलो दिनको कमाईले रेकर्ड बनाएको थियो । ठग्स अफ हिन्दुस्तान २०१८ को त्यो चलचित्र बन्यो जसले रिलिजको पहिलो दिनमा सबैभन्दा बढी ५२ करोडको कमाई गर्न सफल भयो । तर, त्यसपछिका दिनहरुमा यो चलचित्रले राम्रो कमाई गर्न सकेन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *