यसरी घरमै बनाएर खानुहोस् स्वादिलो लस्सी (विधिसहित)

काठमाडौं । गर्मी मौसम सबैको प्रिय पेय पदार्थ हो– लस्सी । अन्य प्याकिङ चिसो पदार्थ पिउनुभन्दा लस्सी स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । हरेक ताजा सामान प्रयोग गरेर बनाउन सकिने भएकाले पनि बालबालिकादेखि वृद्धवृद्धासम्मले लस्सी खान सक्छन् । लस्सीको प्रचलन कहाँबाट सुरु भयो भन्ने त यकिन छैन, तर उत्तरी भारत (पन्जाब)बाट सुरु भएको भन्नेहरू धेरै छन् ।नेपालमा पनि यो निकै रुचाइएको छ । घरमै सजिलैसँग बनाएर खान सकिने भएकाले पनि लस्सीका लागि सोचेर मात्रै बसिरहनु पर्दैन । यसका लागि घरमा मिक्स्चर भने अनिवार्य हुनैपर्छ । आइसका लागि फ्रिज पनि आवश्यक पर्छ । तर, आइस त नजिकको पसलतिरबाट पनि जुटाउन सकिन्छ ।

आवश्यक सामग्री
शुद्ध दही २ कप, चिनी ३ चम्चा, सुकमेल पाउडर १ चिम्टी (यो उपलब्ध छैन भने नराख्दा पनि फरक पर्दैन), आइस २ क्युब (आफूलाई जति चिसो खान मन लाग्छ, त्यहीअनुसार राख्न सक्नुहुन्छ), किसमिस २–३ वटा, नरिवल चप गरेको ३–४ टुक्रा, छोकडा चप गरेको ३–४ टुक्रा, काजु २–३ पिस ।

बनाउने विधि
मिक्स्चर तयार गर्ने । मिक्स्चरको जगमा दही, चिनी, आइस, सुकमेल पाउडर सबै राख्ने । अब मिक्स्चर चलाइदिने । दुई मिनेटजति मिक्स गरेपछि लस्सी तयार हुन्छ । यसलाई गिलासमा खन्याउने र माथिबाट किसमिस, नरिवल, छोकडा र काजु राख्न सक्नुहुन्छ । यो मसलाले लस्सीको टेस्ट अझै मिठो बनाउँछ ।

(श्रोत : न्युज पोस्टल)

Add a Comment

Your email address will not be published. Required fields are marked *