भाईटिका चलन आउनु अघि दाजुभाई, दिदिबहिनी बीच यौन सम्बन्ध हुन्थ्यो

काठमाडौं । वरिष्ठ संस्कृतविद तथा इतिहासकार डा जममान गुरूङ संस्कृत भाषामा गहिरो दख्खल राख्ने व्यक्तित्व हुनुहुन्छ । नेपाली समाजको चालचलन बारे गहिरो अध्ययन गर्नुभएको छ । हाम्रा संस्कृति मध्य तिहारको महत्व छ । यो कसरी सुरू भएको थियो त । तिहार हाम्रो एउटा चाड हो । हिन्दिमा तेउहार भनिन्छ । तेउहारले तिहार होइन सिंगै चाडपर्व भन्ने जनाउँछ उनीहरूकोमा । उनीहरू तिहारमा दिपावालीसम्म मनाँउ छन्, त्यसैले उनीहरूको र हाम्रो तिहार मिलदैन । हामी यमपञ्चकको पाँच दिनलार्इ तिहार भन्छौ । अब बुझ्नु पर्ने कुरा छ । यमपञ्चक के लार्इ भनिन्छ । यम भनेको धर्म, धर्म भनेको निति नियम हो । पञ्चक भनेको पाँच दिन ।

पाँच दिन मनाइने पाँच तिहारमा काग, कुकुर, गोरू, गार्इ र मान्छे छुटा छुटै पुजिन्छ । यसले त्यो बेला देखिको समाज र संस्केृतिलार्इ जनाउँछ । त्यसबेला के कुरा केन्द्रमा थियो भने समाजले त्यहि चिजलार्इ पुजा गर्दै आएको थियो । पहिले घुमन्ते, शिकारी, पशुपालन, कृषि हुँदै अहिले मान्छे आधुनिक युगमा आइपुगे घुमन्ते युगमा सुचनाका केही साधन थिएनन । त्यसबेला सुचनाको सहयोग कागलार्इ मानिन्थ्यो । त्यस्तो त्यस्तो हुँदा हुँदै विनिमयको सुरूवात भयो अनी त्यसपछि आयो भाइटिका तिहार ।

तिहार भनेको चाहि सुसभ्य सु संस्कृति जीवनको घोतक हो । त्यसबेला आफ्नै परिवारका सदस्य बीच यौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभार्इ र बहिनी बीच यौन सम्बन्ध हुनु हुदैन भन्ने चलन आयो । एकले अर्कालार्इ पुजा गर्ने सम्बन्धको रूपमा या भनौ सुसंस्कृति र सभ्य समाज निर्माण गर्न यसको विकाश भएको देखिन्छ ।

एक दिन बहिनी यमीले दार्इ यमसँग बैबाहिक जिवनमा बाधिन प्रस्ताव गर्छिन । यौन सम्बन्धमा जाने प्रस्तावले उ विचलित हुन्छ । यमले बहिनीलार्इ एउटै आमाबाट एकै समयमा जन्मेकाले हामी बीच त्यस्तो सम्बन्ध हुदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ । पछि यहि कुरा क्षग्वेदले यमुना र यमराजको कथामा परिणत गर्यो । बेद भनेको समाजका चालचलनलार्इ लिपिवद गरेको कुरा हो । त्यसबेला समाजमा हुने यौन जिवनलार्इ सुव्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *