प्रताप दासको आवाजमा शिशिर भण्डारीको दर्दनाक अभिनय । ‘फोटो फिरिममा’को अफिसियल भिडियो आयो !

रचना रिमालको आवाज रहेको चर्चित गीत फोटो फिरिममाको मेल भर्सन युटुब मार्फत सार्वजनिक भएको छ । शिशिर भण्डारीको शव्द र सँगीत रहेको गीतमा प्रताप दासको आवाज रहेको छ । निकै प्रतिक्षा गरिएको गीतका लागि शिशिरले आफ्नो लुक्स नै परिवर्तन गरेका छन् ।

पोष्टर सार्वजनिक पछि गीतको अझै चर्चा भएको थियो । शिशिरको लुक्सले गीतको बारेमा दर्शक, श्रोता माँझ झनै कौतुहलता थपेको थियो । २ दिन लगाएर छायाँकन गरिएको गीतमा शिशिरसँगै रिस्ता बस्नेतको पनि अभिनय रहेको छ । सागर बाबु भट्टको निर्देशन रहेको गीतलाई अनिल के. मानन्धरले खिचेका हुन् । निकै नै मर्मस्पर्शी भिडियोलाई सबैले रुचाएका छन् । (भिडियो हेर्नुस)

(श्रोत : अनलाइन नेपाल साइट)