खेतमा आमासंगै काममा व्यस्त चर्चित अभिनेता आर्यन सिग्देल !

चलचित्र क्षेत्रका एक सफन नायक हुन आर्यन सिग्देल । चलचित्र किस्मतबाट पाइला टेकेका उनि पछिल्लो समय चलचित्र ‘चच हुई’ मा देखा परेका छन् । त्यसपछि उनि मेरो एउटा साथि छमा प्रमुख भुमिका निर्भाह गरे उनको त्यो भुमिकालाई अत्याधिक रुचाइएको थियो । सुर्खेतबाट परिवार काठमाडौँ बससाई सरेका आर्यन पछिल्लो दिनमा चलचित्रमा अलिक कम मात्रैमा नै देखिए पनि एक समय उनले एकछत्र राज गर्न सफल भएका हिरो हुन् ।

चकलेटी हिरोको उपमा पाएका आर्यनले ‘किस्मत’ चलचित्रबाट डेब्यु गरेका हुन् । मेरो एउटा साथी छमा काम गरेपछि आर्यनको उचाई ह्वात्तै आकाशियो ।मौसम, हिफाजत, फस्र्ट लभ, द फ्लासब्याक , कोही मेरो, कसले चो¥यो मेरो मनलगायत दर्जनौं चलचित्रमा अभिनय गरेका आर्यन विबाहपछि भने अभिनय क्षेत्रबाट केही ओझेल परेका हुन् ।एक छोराका बाबु आर्यनले चार वर्षको प्रेम सम्बन्धपछि सपना भण्डारीसँग बिबाह गरेका हुन् ।

हालै उनले एक तस्विर सामाजिक संजाला शेयर गरेका छन् । बिहीबार उनले एक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका हुन् । उक्त तस्विरमा उनि घरमा आमासंग खेतमा मस्त काम गरिहेका छन् । उनले हातमा कोदालि लिएर अमालाई सहयाग गरेका छन् । उनले तस्विर शेयर गर्दै लेखेका छन् । ममीसँग काम गर्दै छु । तपाईंहरु आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर यो समयमा भने घरबाट बाहिर ननिस्कुहोस् ।

लकडाउनका कारण सर्वसाधरणदेखि सेलिव्रेटीहरू पनि घरमै बसिरहेका छन् । कतिपय अभिनेता अभिनेत्रीले आफ्नो घरमा बच्चासंग खेलिरहेको तस्विर शेयर गरेका छन् । भने कतिले किताब बढने गरेका तस्विर सामाजिक संजालमा शेयर गरेका छन् ।त्यस्तै लकडाउनमा उनले ममीसँग काम गरिरहेका छन् । जुन तस्विरले यतिबेला निकै चर्चा पाएको छ ।

(श्रोत : OS Nepal)