काेराेनाको प्रभाव चीनमा समाप्त भएको घोषणा !

बेइजिङ – कोरोना (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार गर्दै समाप्त भएको घोषणा गरेको छ ।विश्व सङ्गठनले सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घण्टापछि चीनको यो भनाई आएको हो ।

सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जनाएकोे हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।

कोभिड–१९ सङ्क्रमणका नयाँ विरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको प्रभाव निकै तल झरेको छ ।”

मीले भन्नुभयो, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा भरेको छ ।” वुहानमा नयाँ स ङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सिमित भएको उहाँले पुष्टि गर्नुभयो ।

“हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को स* ङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।”

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय स* ङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उहाँको भनाई थियो ।विश्व स्वास्थ्य सङ्गठनले बुधबार कोभिड–१९ सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।

बुधबारसम्ममा विश्वभर एक लाख १८ हजारभन्दा बढीमा स*ङ्क्रमण पुष्टि भएको छ भने ११४ मुलुकमा फैलिएको यस भाइरस स ङ्क्रमणको समस्याका कारण चार हजार २९१ व्यक्तिले आफ्नो जीवन गु’ माएका सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकारसम्मेलनमा बताउनुभयो ।

आगामी केही दिन (हप्ता) कोरोना सङ्क्रमण, स* ङ्क्रमणका कारणनिधन र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।प्रवक्ता मीले भन्नुभयो, “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई निजिकबाट नियालेको र स ङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।”

(श्रोत : ई ताजा खबर)