शुक्रबारको दिन, कस्को पूजा गरे के लाभ मिल्छ !

हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

यो पनि जानिराख्नुहोस :

आत्मा, देवता र मान्छे कसरी मर्दछ !  यस्तो छ रोचक प्रसङ्ग !

अध्यारो बाट उज्यालो तर्फ जाने हो भने पढ्नु होला
एक समय तथागत बुद्धसंग एक बिद्धान पण्डितले सोध्यो:-

पन्डित :_ “तपाईं सम्पुर्ण मानिसहरूलाई यो बताउनु हुन्छ कि आत्मा छैन, स्वर्ग हुँदैन, पुनर्जन्म हुदैन । के यो सत्य हो ?”

बुद्ध :- “तपाईंलाई यो कस्ले बतायो कि मैले यस्तो भने ?”
पन्डित:- “होइन १ कसैले यस्तो भनेको होइन ।”
बुद्ध:-“फेरि, मैले यस्तो भने भनेर भन्ने ब्याक्तिलाई तपाईं चिन्नु हुन्छ ?”
पन्डित :-“नाई ।”

बुद्ध:-“मैले यस्तो भन्दै गरेको तपाईंले कहिले सुन्नु भएको छ ?”
पन्डित:-“छैन तथागत ! तर जन समुदायको चर्चा सुनेर यस्तो लाग्यो । यदि यस्तो होइन भने तपाईं के भन्नुहुन्छ ?”

बुद्ध :-“म भन्छु, मानिसहरूले वास्तविक सत्यलाई स्विकार्नु पर्छ ।”
पन्डित:-“मैले बुझिन तथागत ! कृपया सरल भाषामा बताई दिनुस ।”
बुद्ध :- “मनुष्यको पाँच ब्रम्हाज्ञानेन्द्रीय छ । जसको मद्दतले उ सत्यलाई बुझ्न सक्छ ।”
(१) अँखा :- मनुष्य अँखाले हेर्छ वा देख्छ ।

(२) कानस्( मनुष्य कानले ध्वनी/आवाज सुन्दछ ।
(३) नाक:- मनुष्य नाकले श्वास लिन्छ र कुनै किसिमको गन्ध सुँघ्दछ ।
(४) जिब्रो :- मनुष्य जिब्रोले स्वाद लिन्छ ।
(५) छाला/त्वचा:- मनुष्य छाला द्वारा स्पर्श गरि महसुस गर्दछ ।

यी पाँच ज्ञानेन्द्रीय मध्ये २/३ ज्ञानेन्द्रीयको मद्दतद्वारा मनुष्यले सत्य जान्न सक्छ ।
पन्डित :- “कसरी तथागत ?”

बुद्ध:- “अँखाले पानी देख्छ तर त्यो पानी चिसो छ या तातो छ यो जान्नुको लागि छालारत्वचाको मद्दत लिनुपर्दछ । यो गुलियो छ या नुनिलो जान्नुको लागि जिब्रोको मद्दत लिनुपर्छ ।”
पन्डित:-“फेरि भगवान छ या छैन यस सत्यलाई कसरी जान्ने तथागत ?”
बुद्ध:-“तपाईंले हावा (वायु) देख्न सक्नुहुन्छ ?”
पन्डित:-“नाइँ ! तथागत ।”

बुद्ध:-” हावा देखिदैन फेरि पनि उसको अस्तित्वलाई अस्विकार गर्न सक्दैनौं किनकी हावालाई नै हामी श्वास प्रस्वासको निमित्त लिन्छौ । जब हावा तेजसङ चल्छ रुख – बिरुवाहरु हल्लिन्छ । यो हामी देख्छौ र महसुस गर्छौ ।

अब तपाईं बताउनुहोस भगवान हाम्रो पाँच ज्ञानेन्द्रीयले महसुस गर्छ वा हुन्छ ?”
पन्डित:- “नाई तथागत !”

बुद्ध :-“तपाईंको माता – पिताले देख्नु भएको छ, के यस्तो वहाँहरुले तपाईंलाई भन्नू भएको छ ?”
पन्डित:-“नाई तथागत !”

बुद्ध :-“फेरि परिवारको कुनै पुर्बज (हजुरबुबारहजुर आमार जिजु बाजे) कसैले देख्नु भएको छ, यस्तो तपाईंले सुन्नु भएको छ ?”
पन्डित :-“नाई तथागत !”

बुद्ध :-“म यहि भन्छु कि जसलाई आजसम्म कसैले देखेन, जसलाई हाम्रो ज्ञानेन्द्रीयले जान्न सक्दैन, महसुस गर्न सक्दैन । त्यो सत्य होइन तसर्थ उसको बारेमा सोच्नु ब्यर्थ छ ।”

पन्डित:-“यो ठिक छ तथागत ! तर हामी जिउँदो छौ यसको मतलब हाम्रो भित्र आत्मा छ । यो तपाई मान्नुहुन्छ वा हुन्न ?”

बुद्ध:- “मलाई बताउनुहोस, मनुष्य मर्छ, मतलब के हुन्छ ?”
पन्डित:-“आत्मा शरीरको बाहिर निस्कन्छ । तब मनुष्यको मृत्यु हुन्छ ।”
बुद्ध :-“मतलब आत्मा मर्दैन ?”

पन्डित:-“मर्दैन तथागत १ आत्मा अमर हुन्छ ।”
बुद्ध:-“तपाईं भन्नुहुन्छ आत्मा कहिले मर्दैन, आत्मा अमर छ । तब यो बताउनुहोस, आत्माले शरीरलाई छोडछ वा शरीरले आत्मालाई ?”

पन्डित:-“आत्माले शरीरलाई छोडछ तथागत ।”
बुद्ध:-” आत्माले शरीरलाई किन छोडछ ?”
पन्डित:-“जीवन खत्म भएपछि छोडछ ।”

बुद्ध:-“यदि यस्तो हो भने मनुष्य कहिले नमर्नु पर्ने हो । दुर्घटना, बिरामी, धाउ लागेपछि पनि बिना उपचार बाच्नु पर्ने । बिना आत्माको मर्जी मनुष्यले मृत्यु वरण गर्न सक्दैन ।”

पन्डित:-“तपाईंले सत्य भन्नू हुँदैछ तथागत ! तर मनुष्यमा प्राण हुन्छ । त्यसलाई तपाईं के भन्नुहुन्छ ?”
बुद्ध:-“तपाईं दियो बाल्नु हुन्छ ?”
पन्डित:-“अ, तथागत !”

बुद्ध:-“दिपक अथवा एक सानो दियो, त्यसमा तेल, तेलमा बात्ती र त्यसलाई जलाउनुको लागि अग्नि चाहियो, बराबर ?”

पन्डित:-“हो तथागत !”
बुद्ध:-“फेरि मलाई बताउनुहोस बत्ती कहिले निभ्छ ?”
पन्डित:-“तेल खत्म भएपछि दियो निभ्छ तथागत ।”
बुद्ध:-“र अरु ?

पन्डित:-“तेल छ तर बात्ती खत्म हुन्छ तब दियो निभ्छ तथागत ।”
बुद्ध:-“यसको साथै तेज हावाको प्रवाहले पनि, बात्तिमा पानी हाल्नाले, वा दियो टुटफुट हुनाले पनि दिपक निभ्नु सक्छ ।

अब मनुष्यको शरीर पनि एक दियो सम्झिउ र प्राण मतलब अग्नि यानी उर्जा । संजिबहरुको देह चार तत्वले बनिएको छ :-
(१) पृथ्वी :- धनरुप पदार्थ यानी माटो
(२) आप :- द्रबरुप पदार्थ यानी स्रीग्ध र तेल
(३) वायु :- हरेक प्रकारको हावाको मिश्रण
(४) तेज :- उर्जा, ताप, उस्णता

यश मध्ये एक पदार्थ अलग गर्दिने हो भने उर्जा र तापको निर्माण हुन बन्द हुन्छ ।
मनुष्य निष्क्रिय हुन्छ । यसैलाई मनुष्यको मृत्यु भनिन्छ । यसैले आत्मा पनि भगवान जस्तै अस्तित्वहिन छ ।

यी सबै चर्चाहरु ब्यर्थ छन । यसले धम्मको समय ब्यर्थ हुन्छ ।
पन्डित:-“हो तथागत ! फेरि धम्म के हो र यस्को उद्देश्य के हो ?”

बुद्ध:-“धम्मको मतलब अध्यारोबाट प्रकाशको तर्फ जाने बाटो हो । धम्म मनुष्यको जन्म पश्चात् मृत्युसम्म कसरी जीवन जिउनु हो यसको मार्गदर्शन गर्छ ।”प्रस्तुति :कृष्ण दर्लामी (फ़ेसबुकबाट लिएको)

(श्रोत  : Nepal insider)

Add a Comment

Your email address will not be published. Required fields are marked *